समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

राजासहित सबै शक्ति सहभागी हुने सर्वदलीय सम्मेलनको माग: अध्यक्ष लिङदेन

हल्दीबारी, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशमा उत्पन्न भइरहेको राजनीतिक जटिलता समाधानका लागि राजासहित सबै राजनीतिक शक्ति सहभागी हुने सर्वदलीय सम्मेलन आवश्यक रहेको बताएका छन्। सोमबार पोखरामा आयोजित राप्रपाको नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले ‘सर्वदलीय सहमति’ अबको अपरिहार्य राष्ट्रिय आवश्यकता भएको टिप्पणी गरे।

लिङदेनका अनुसार राष्ट्रिय पहिचान, आर्थिक स्थिरता र सुशासनलाई प्रमुख एजेन्डा बनाउँदै राप्रपा स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार प्रतिपक्षको भूमिकामा रहनेछ। उनले अहिले देशमा अनिश्चितता बढ्दै गएको, राज्यका अंगहरूबीच अविश्वास चुलिएको र राजनीतिक नेतृत्वमाथि जनविश्वास कमजोर बन्दै गएको उल्लेख गर्दै खुला संवाद र सहमतिबाट मात्र स्थिरता सम्भव हुने धारणा व्यक्त गरे।

विज्ञापन (Advertisement)Advertisement

उनले राजा, जेनजी समूह र सबै राजनीतिक दलहरू एउटै छलफलको टेबलमा बसेर राष्ट्रका दीर्घकालीन हितअनुरूप सामूहिक मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिए।

अधिवेशनमा संगठन सुदृढीकरण तथा आगामी राजनीतिक दिशा–दिशाबारे कार्ययोजना निर्माणको विषयमा पनि विस्तृत छलफल गरिएको थियो। युवातर्फबाट भ्रष्टाचार र राष्ट्रहितविपरीत क्रियाकलापमा संलग्न शक्ति विरुद्ध थप कडा रूपमा उभिन राप्रपालाई आग्रह गरिएको छ।
केन्द्रीय सदस्य अर्जुन खनालले अबको संघर्ष ‘राष्ट्र बेच्ने’ र ‘राष्ट्रप्रेमी’ शक्तिबीचको निर्णायक भिडन्त हुने टिप्पणी गरे।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)