हल्दिवार ी , २१ बैशाख : गैर नागरिकलाई नागरिकता दिएको आरोपमा अदालतमा मुद्धा परेपछि करिव एक वर्षदेखि फरार रहेका बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्की जंगे धरौटीमा छुटेका छ्न ।

झापा जिल्ला अदालतमा आत्मसमर्पण गरी धरौटी राखेर उनि छुटेका हुन् । उनीमाथि विभिन्न तीनवटा मुद्धा लागेको थियो । प्रत्येक मुद्दामा ३–३ लाखको दरले ९ लाख रुपैयाँ धरौटी राखेर उनी तारेखमा छुटेको बताईएको छ ।

उनको मुद्धाको फैसला बैशाख ३० गते रहेको थियो । कोरोना संक्रमणका कारण अदालत बन्द हुने भएपछि उनले हिजै अदालत पुगेर धरौटी बुझाएका थिए । किर्ते नागरिकता काण्डमा संलग्न भएको आरोपमा उनी करिव १३ महिनादेखि फरार थिए ।

राप्रपाबाट गत निर्वाचनमा बिजय भएका उनि मजदुर किसान हरु माझ लोकप्रिय थिए । धरौटीमा छुटे लगतै उनले जनताको काममा फर्कने बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार