लमजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीमा गुटउपगुटको समस्या नरहेको बताएका छन्।
शुक्रबार बेँसीसहर नगरपालिका–७ मा आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै लिङ्देनले अन्य दलमा गुटउपगुटका कारण समस्या देखिए पनि राप्रपा भने एकताबद्ध रूपमा अघि बढिरहेको दाबी गरे।
उनले भने, “देश र जनताको पक्षमा संघर्ष गर्दै आएको हाम्रो पार्टी एकता र समन्वयमार्फत जनहितलाई केन्द्रमा राखेर अघि बढ्नेछ।”
लिङ्देनले प्रत्यक्ष जनताले चुनेर कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने माग आफ्नो पार्टीको अडान भएको स्पष्ट पारे।
राप्रपाले पछिल्ला गतिविधिमा पार्टीभित्र कुनै आन्तरिक विवाद वा विभाजन नभएको सन्देश दिने प्रयास गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















