हल्दीबारी,२९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो निर्वाचनले अप्रत्याशित परिणाम ल्याउने दाबी गर्दै राप्रपा संसदमा निर्णायक शक्ति बन्ने औँल्याउनुभएको छ। उहाँले भन्नुभयो, “हिजोको व्यवस्थाले समाधान दिन सकेन, नयाँ बाटो खोज्नेहरूको लागि विकल्प राप्रपा हो। नयाँ खोज्नेहरूको आशा हामीले पूरा गर्नेछौँ।”
झापाको क्षेत्र नं. ३ मा जेसीजले आयोजना गरेको ककस कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्ट मतदाताले राप्रपामा भरोसा केन्द्रित गरिरहेको दाबी गर्नुभयो। उहाँले थप्नुभयो, “नयाँ भन्नाले उमेर वा अनुहार मात्र होइन, नयाँ विचार र विकल्पका हिसाबले हुनु पर्छ।”
देशका दीर्घकालीन समस्याको समाधान केवल निर्वाचनमा मात्र नभई राष्ट्रिय सहमति मार्फत सम्भव हुने उहाँको भनाइ थियो। “निर्वाचन भइसकेको छ, तर स्थायी शान्ति र स्थायित्वका लागि कसैलाई निषेध नगरी, कसैलाई आन्दोलनमा नजानु पर्ने गरी राष्ट्रिय सहमति बनाउनु अपरिहार्य छ,” लिङ्देनले जोड दिनुभयो।
अध्यक्ष लिङ्देनले नेपालको संविधान २०७२ ले तोकेको मार्गचित्रमा आवश्यक सुधार नगरी मुलुकले निकास पाउन नसक्ने स्पष्ट चेतावनी पनि दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार