काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन्। यो निर्णय जेन–जी समूहको मागअनुसार गरिएको हो।
राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा ६१, विशेषगरी उपधारा ३ र ४ लाई आधार बनाएका छन्।
उपधारा ४ अनुसार राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने दायित्व हुन्छ भने उपधारा ३ मा संविधानको पालन र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ।

यी दुवै संवैधानिक धारालाई आधार बनाएर कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्षको जिम्मेवारी दिइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















