हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

रवि लामिछाने आजै पक्राउ पर्न सक्ने, प्रदर्शनको तयारीमा रहन कार्यकर्तालाई निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीको प्रकरणमा पक्राउ पूर्जी जारी गर्न प्रहरीले तयारी गरिरहेको छ। यसकै कारण रास्वपाले आफ्नो पार्टी कार्यालयमा कार्यकर्ताहरूको भेला बोलाएको छ। कास्की अदालतले पक्राउ पूर्जी जारी गर्ने सम्भावना भएकाले, रवि लामिछानेले यस घटनालाई कसरी सामना गर्ने भन्नेबारे पार्टीमा अनौपचारिक छलफल चलिरहेको छ।

Advertisement

रास्वपाले काठमाडौंदेखि पोखरासम्मका कार्यकर्ताहरूलाई प्रदर्शनको तयारीमा रहन निर्देशन दिएको छ। साथै, केन्द्रीय सदस्य ज्वाला संग्रौलाले ७७ वटै जिल्लाका कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गर्दै, जरुरी सूचनासहित पार्टी कार्यालयमा उपस्थित हुन आह्वान गरेकी छन्।

Advertisement

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको निष्कर्ष निकाल्दै संसदीय छानबिन समितिले प्रतिवेदन तयार पारेपछि, प्रहरीले यसअघि पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)