हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ८ महिना अगाडि

रास्वपा नयाँ र विचार मिल्ने पक्षसँग चुनावी गठबन्धनको सम्भावना खुला राख्दै

हल्दीबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा नयाँ र विचार मिल्ने स्वतन्त्र व्यक्ति, समूह र पार्टीहरूसँग गठबन्धन गर्ने सम्भावना खुला राखेको छ।

Advertisement

चितवनमा भएको विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनअनुसार, रास्वपा गठबन्धन गर्दा आफ्नो पहिचानमा असर नपर्ने सुनिश्चित गर्न चाहन्छ।

Advertisement

प्रतिवेदनमा भनिएको छ, “आउँदो चुनाव प्रतिगामी र अग्रगामीबीच निर्णायक संघर्ष हुनेछ। नेतृत्वदायी नतिजा नआए देश पुरानै दलहरूको कुशासनको भार सहनु पर्नेछ।”

पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ। प्रतिवेदनअनुसार, “यसले पार्टीभित्र समूहगत विभाजन रोकिनेछ र जनस्तरमा सकारात्मक सन्देश जानेछ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)