हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ८ महिना अगाडि

रास्वपा, भट्टराई–शर्माबीच सम्भावित गठबन्धनको छलफल

चितवन, कात्तिक १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै डा. बाबुराम भट्टराई र जनार्दन शर्मालगायत नेताहरूसँग गठबन्धन वा सहकार्यका सम्भावनाहरूमा छलफल थालेको छ।

Advertisement

पार्टी प्रवक्ता मनिष झाले आज जानकारी दिँदै भने, “सुशासनका लागि नयाँ राजनीतिक संस्कार आवश्यक छ। त्यसका लागि नयाँ दलहरूबीच एकता र सहकार्य सम्भावना खुला छ।”

Advertisement

सौराहामा शुक्रबारदेखि सुरु हुन लागेको रास्वपा केन्द्रीय समिति विस्तारित बैठकको पूर्वसन्ध्यामा भएको छलफलमा विभिन्न विकल्पहरू प्रस्तुत भएका थिए — गठबन्धन बनाउने, सँगै निर्वाचनमा जाने, एक अर्कालाई सहयोग गर्ने, वा चुनावमा हस्तक्षेप नगर्ने मोडालिटी अपनाउने।

झा का अनुसार बैठकमा करिब ५१२ जना प्रतिनिधिहरू सहभागी हुनेछन् र आगामी निर्वाचन रणनीति, सिद्धान्त तथा नेतृत्व मोडेलबारे स्पष्ट दिशानिर्देश तय हुने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)