हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रुसी सेनाको कब्जाबाट पाँच ओटा गाँउ पुन फिर्ताः युक्रेनी सेना

युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँच वटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । युक्रेनीहरूले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ ।

Advertisement

यसैबीच, पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रबार थप ५० सर्वसाधारणको उद्धार भएको छ । सो कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ । यसअघि कारखानाभित्रको बंकरमा लुकेका ५ सय सर्वसाधारणको उद्धार भएका थियो ।

Advertisement

यसैबीच, रुसी सेनाविरुद्ध प्रतिकार गर्न अमेरिकले थप १५० मिलियन डलर बराबरको सैन्य सहयोगको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो सहयोग घोषणा गरेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)