हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रूसको आक्रमणमा कम्तीमा ४० यूक्रेनी सैनिकको मृत्यु, यूक्रेनले रूससँगको कुटनीतिक सम्बन्ध तोड्ने

कीभ, १२ फागुन- रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रूससँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताउनुभएको हो ।

Advertisement

“यस आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको उहाँले पुष्टि गर्नुभयो ।यसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिनुभएको थियो । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ । सिन्ह्वा

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)