हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

रोजगारीका लागि कुवेत पुगेका गुरुङको मृ त्यु

दोहा – रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तेह्रथुमका खम्बा सिङ गुरुङ रहेका छन् । उनको उपचारका क्रममा मृ त्यु भएको बताइएको छ । विगत दुई हप्तादेखि कुवेतको अल सभा टिवी हस्पिटलमा उपचाररत उनको नि धन भएको बताइएको छ ।

Advertisement

आदान अस्पतालले टिवी रोग भएको प्रमाणित गरेपछि थप उपचारको लागि अल सभाको टिवि अस्पतालमा रिफर गरेको थियो र उपचारकै क्रममा उनको मृ त्यु भएको बताइएको छ ।

Advertisement

मृतक गुरुङ करिव चार बर्ष अघि कुवेतको एनएस कम्पनीमा पुगेको र पछि मेडिकल चेकअप गर्दा अनफिट भएपछि कम्पनीले नेपाल फर्किन राहदानी उपलब्ध गराएपछि अबैधानिक तरिकाले काम गर्दै आएका थिए । नेपाल र कुवेत दुबै तिरबाट उडानमा प्रतिबन्ध लगाएकोले श व नेपाल ल्याउन केही ढिलो हुने बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)