समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

लिङ्देनको आग्रह : आठ वर्षअघिको झापा–३ सम्झनुहोस्

झापा, माघ १२ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले मतदातालाई आठ वर्षअघिको झापा–३ को अवस्था स्मरण गर्न आग्रह गरेका छन्।

हल्दिबारी गाउँपालिका–१ गोलधापमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू पहिलो पटक प्रतिनिधिसभा सदस्य बनेको समयमा यो क्षेत्र मेची, बिरिङ, देउनिया र घाघ्रा नदीको डुबानबाट अत्यन्त प्रभावित रहेको स्मरण गराए। “त्यतिबेला धेरै बस्ती डुबानको चपेटामा थिए,” उनले भने, “हाल ती नदीहरूमा तटबन्ध निर्माण भइसकेकाले अब सामान्य बाढीले डुबानको समस्या नआउने अवस्थामा पुगेको छ।”

विज्ञापन (Advertisement)Advertisement

पछिल्लो बर्खामा आएको बाढीले पनि नदी नियन्त्रणका काम प्रभावकारी रहेको पुष्टि गरेको लिङ्देनको दाबी छ। उनका अनुसार ठूला प्राकृतिक विपत्ति बाहेक अब झापा–३ डुबानको उच्च जोखिममा छैन।

सडक सञ्जालमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै उनले पहिले कालोपत्रे सडक हेर्न भद्रपुर, बिर्तामोड वा भारतको बिहारसम्म जानुपर्ने अवस्था रहेको उल्लेख गरे। “अहिले झापा–३ का सबै वडामा कालोपत्रे सडक पुगेको छ,” उनले भने।

शिक्षा क्षेत्रमा अनिवार्य कम्प्युटर शिक्षाको सुरुआत यही क्षेत्रबाट गरिएको र त्यसको अभ्यास अन्यत्र पनि विस्तार भएको लिङ्देनले बताए। कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न पहल गरिएको उनको भनाइ छ।
सांसद पद कार्यकारी नभए पनि स्थानीय तह र केन्द्र सरकारसँग सहकार्य गर्दै विकास आयोजना भित्र्याउने काम आफूले गरेको लिङ्देनले बताए।

“अधुरा काम पूरा गर्न आगामी दिनमा पनि जनताको साथ चाहिन्छ,” उनले भने।जनताले सांसदलाई सबैथोक ठान्ने धारणा भए पनि आफूले देखिने र महसुस गर्न सकिने विकास निर्माणमा जोड दिएको उनले दाबी गरे। “म सधैं जनताकै बीचमा छु,” उनले भने, “यहाँका कुनै मतदाताले शिर निहुर्याउनुपर्ने काम मैले गरेको छैन।”

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)