हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लोसपा पर्साको अध्यक्षमा राजेश शाहको घोषणा

हल्दिबारी न्यूज डेक्स , बिरगंज १८ भाद्र/जसपाको बिबाद पश्चात् निर्वाचन आयोगमा दर्ता भएको लोकतान्त्रिक समाजबादी पार्टीको केन्द्रिय नेतृत्व तय भैसके पछि अहिले जिल्ला जिल्लामा जनप्रतीनिधिहरुको सनाखत भैरहदा जिल्लाको नेतृत्व कस्को ब्यक्तिको हाथमा जाने बारे कार्यकर्ताहरु बिच व्यापक चर्चा परिचर्चा शुरु भएको छ।

Advertisement

प्रदेश न.२ को महत्वपूर्ण जिल्लामा पर्ने पर्सा जिल्लाको नेतृत्व कस्को हाथमा पर्ने बारे जिल्लामा व्यापक चर्चा संगै कोठे बैठक निरन्तर भैरहेको लोसपा समर्पित नेताहरु बताउछ्न ।

Advertisement

जसपाको लागि महत्त्वपूर्ण जिल्लाको रुपमा चिनीएको पर्सा जिल्लामा लोसपाको लागि पुरानो,सकृय,पुर्णमधेसबादी,जेलनेल भोगेका ब्यक्ति मध्येका एक असल ब्यक्तित्व राजेस कुमार शाहको नाम ब्यापक चर्चामा रहेको बुझिएको छ। बिगत १८ बर्श देखि निरन्तर मधेस मुद्दाको लागि सकृय भुमिका निर्वाह गर्दै आएका जसपा पर्साका तत्कालीन सचिव शाहलाई लोसपा पर्साको नेतृत्व दिने अधिक्तम लोसपाका कार्यकर्ता को मान्सिकता रहेको लोसपाका एक नेताले बताए।

तत्कालीन नेपाल सद्भावना पार्टी ,सद्भावना पार्टी, रास्ट्रिय जनता पार्टी हुँदै जसपा पर्साको सचिव भइ निरन्तर १५ बर्ष देखि सकृय नेता शाह केन्द्र्मा राजेन्द्र महतो सङ्ग नजीक भए पनि पर्सा जिल्लामा हरेक पक्षका नेता कार्यकर्तालाई एक्ताबध बनाई अगाडि बढाउने क्षमता भएकोले वहालाईनै जिल्लाको अध्यक्ष बनाउन पहल भैरहेको एक पुर्ब जिल्ला सदस्यले बताए।

भाद्र २१ गते सम्म निर्वाचन कार्यालय मा जनप्रतिनिधिहरुको सनाखत भएपश्चात् जिल्लाको नेतृत्व बारे खुलमखुला बैठक हुने र बैठकबाट सर्बसहमतिले नेतृत्व चयन हुने बताइन्छ।-डिके छेत्री

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)