समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

वरिष्ठ कलाकार सुनिल थापाको निधन


काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण निधन भएको छ। आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।
लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थापा अभिनयमार्फत नेपाली फिल्म क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल थिए। उनले दर्जनौँ नेपाली चलचित्रमा सशक्त भूमिकामा अभिनय गरेका छन्।
थापा काठमाडौँको शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए। उनको निधनले नेपाली कला क्षेत्रलाई ठूलो क्षति पुगेको कलाकार तथा शुभेच्छुकहरूले बताएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)