हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वाराणसीमा नेपालीको जबर्जस्ती कपाल मुण्डन ,प्रहरीले समात्यो ४ जनालाई

वाराणसीमा नेपाली युवकको कपाल मुण्डन गरेर त्यसमा ‘जय श्रीराम’ लेख्ने र नारा लगाएको अरोपमा प्रहरीले अहिलेसम्म चारजनालाई पक्राउ गरेको छ ।

Advertisement

यो घटनामा भेलूपुर चौकीमा पाँचजना विरुद्ध उजुरी दर्ता भएको छ । वाराणसीका प्रहरी अधिकृत अमित पाठकले यो घटनामा प्रहरीले तत्काल कारवाही थालेको बताए । भिडियो बनाउनेसहित चारजना पक्राउ परेको उनले जानकारी दिएका छन् । अरुण पाठक नाम गरेको व्यक्तिले सो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको जानकारी आएको र उनलाई पनि चाँडै पक्राउ गरिने उनले बताएका छन् ।

Advertisement

वाराणसीमा बस्ने एक नेपाली नागरिकको कपाल स्थानीय केही व्यक्तिले बुधबार जबरजस्ती मुण्डन गरेका हुन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई नेपालमा पर्ने र भगवान राम पनि नेपाली रहेको बताएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)