हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ११ महिना अगाडि

विकृतिको भुमरीमा प्रादेशिक अस्पताल भद्रपुर

✍️ द्रोण अधीकारी करोडौँको लगानी, अत्याधुनिक उपकरण र दर्जनौँ विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि भद्रपुरस्थित प्रादेशिक अस्पताल (पूर्व मेची अञ्चल अस्पताल) अझै सेवाग्राहीको नजरमा “विरामी अस्पताल” को रूपमा देखिएको छ।

Advertisement

उपकरण छन्, सेवा छैन

Advertisement

सरकारले उपलब्ध गराएको महँगो उपकरण थन्किएका छन्। बिरामीलाई आवश्यक सेवा दिनुभन्दा, प्राविधिक कर्मचारी र डाक्टरहरू उपकरण बिग्रिएको बहाना बनाएर निजी अस्पतालतर्फ धकेल्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन्।

व्यवस्थापनको कमजोरी

संघीय सरकारबाट प्रदेश सरकारको स्वामित्वमा गइसकेको यस अस्पतालमा व्यवस्थापन समितिदेखि कार्यकारी प्रशासनसम्म कुनै ठोस पहल हुन नसक्दा अवस्था झन् जटिल बनेको छ।

नयाँ भवन, पुरानै प्रणाली

समयअनुसार नयाँ भवन बने पनि सेवा प्रणाली पुरानै छ। पुर्जा काट्न घण्टौँ लाइन बस्ने बाध्यता घटेको छैन। पाँच फिटभन्दा अग्लो काउन्टरले सेवाग्राहीलाई थप अप्ठ्यारो बनाइरहेको छ। आवाज स्पष्ट नआउने, नाम बोल्दा चिच्याउनुपर्ने, टिकट वितरणमै ढिलाइ हुने समस्या यथावत छ।

सामान्य विरामी पीडित

धनी र पहुँचवालाले भित्रैबाट सुविधा पाए पनि टाढा–टाढाबाट आएका सामान्य आर्थिक अवस्था भएका बिरामीहरू घण्टौँ लाइनमा उभिन बाध्य छन्। अपेक्षा भनेको टोकन प्रणाली जस्तो सानो सुविधा भए पनि ठूलो राहत हुने थियो तर व्यवस्थापनले यसतर्फ ध्यान दिन सकेको छैन।

राजनीतिक हस्तक्षेप

स्थापना कालदेखि नै राजनीतिक चलखेलको मैदान बनेको यस अस्पतालमा आज पनि जिम्मेवार पदाधिकारीहरू उपचार सुधारभन्दा कमिसनको खेलमा व्यस्त रहेको सेवाग्राहीको आरोप छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)