हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विपिनले बलिउड फिल्म ‘एनिमल’ खेल्ने पक्का

अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा रणवीर कपुर र अनिल कपुरसँग स्क्रिन सेयर गर्ने निश्चित भएको छ । फिल्मको सुटिगं आगामी असोजदेखि हुने भएको छ ।

Advertisement

निमलमा उनले बबी देओलको भाइको चरित्रमा अभिनय गर्दैछन् । फिल्मले दुई ग्याङको कथा भन्छ । दिल्ली र मुम्बईमा २० दिने सुटिङ तालिका रहेको छ । फिल्ममा रश्मिकाको पनि अभिनय रहे पनि उनी भने रश्मिकासँग नदेखिने बताइएको छ ।

Advertisement

फिल्मलाई ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डीले निर्देशन गर्नेछन् । सन्दिपले आफूलाई अन्य फिल्ममा पनि दोहोर्‍याउन इच्छा देखाएको विपिनले बताए । सेल्फी किङ मात्र हेरेर आफुलाई फिल्ममा लिएको विपिनले बताए । अन्य भिडियो हेरेपछि अरु प्रोजेक्टमा पनि लिन इच्छा देखाउनुभएको छ,’ उनले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)