कमला भट्टराई,  झापा : विराटनगर विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नका लागि बाटो खुलेको छ।

नेपाल सरकारले विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नका आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको हो। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थल विस्तारका लागि १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

योसँगै अब विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटरको धावनमार्ग बनाउने योजनाका काम अघि बढाउन बाटो खुलेको नागरिक उड्डयन प्राधिकरणका विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए। खरेलका अनुसार प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले लागत साझेदारीमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम अगाडि बढाइने छ।

गएको असोज १९ गते संघ, प्रदेश र स्थानीय सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। जग्गा अधिग्रहणका लागि आवश्यक खर्च मध्ये प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशतले व्यहोर्ने समझदारी भएको खरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार