काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि कुल ४ हजार ६ सय ३८ जना प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ। पार्टीको निर्वाचन समितिले हाल कायम मतदाता सूची सार्वजनिक गर्दै यही संख्या अन्तिम भएको जनाएको हो।
निर्वाचन समितिका अनुसार १४औँ महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि थिए। तीमध्ये ६१ जनाले पार्टी परित्याग गरेका थिए भने ४४ जना प्रतिनिधिको निधन भइसकेको छ। उक्त घटबढपछि विशेष महाधिवेशनका लागि प्रतिनिधिको संख्या ४ हजार ६ सय ३८ कायम भएको हो।
हालसम्मको उपस्थितिको अवस्था हेर्दा विशेष महाधिवेशनमा करिब ६३ प्रतिशत प्रतिनिधि मात्रै सहभागी भएको जनाइएको छ।
महाधिवेशन स्थलमा अहिले उम्मेदवारी दर्ताका लागि फारम वितरण भइरहेको छ। एकातिर बन्द सत्र जारी रहेको छ भने अर्कोतर्फ पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि उम्मेदवार फारम वितरणको प्रक्रिया पनि अघि बढाइएको छ। यसैबीच पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच छलफल तथा वार्ता पनि जारी रहेको बताइएको छ।
विशेष महाधिवेशनमार्फत एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन गरिनेछ। साथै, केन्द्रीय समितिको निर्वाचनसमेत यही महाधिवेशनबाट सम्पन्न हुने कांग्रेसले जनाएको छ।
विशेष महाधिवेशन: कांग्रेसका ४ हजार ६३८ प्रतिनिधिको नामावली सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















