हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए रु (अपडेट )

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३९ पुगेको छ भने संक्रमितको संख्या १ करोड ६४ लाख १२ हजार ८ सय १५ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ४२ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् ।

Advertisement

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ४९ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ७१ हजार ८ सय ३९ पुगेको छ ।

Advertisement

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको छ भने संक्रमितको संख्या २४ लाख १९ हजार ९ सय १ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार २ सय ६९ पुगेको छ भने संक्रमितको संख्या ८ लाख १२ हजार ४ सय ८५ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)