हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विश्वभर कोरोनाबाट १ करोड ८४ लाखभन्दा बढी संक्रमित,झण्डै ७ लाखको निधन

विश्वभर कोरोना संक्रमणबाट ६लाख ९७ हजार १ सयको निधन भएको छ । मंगलबार  एकै दिन १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ४० हजार ६८९ पुगेको छ । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । मंगलबार बिहानसम्म १ करोड १६ लाख ७२ हजार २६१ जना निको भएका छन् ।

Advertisement

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५९ जनाको मृत्यु भएको छ । २९ लाख २३ हजार ५९० जना संक्रमित भएकोमा १७ लाख ५५ हजार २०४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार ८२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५७ लाख ९ हजार २३३ पुगेको छ । त्यसमध्ये २९ लाख ८९ हजार ५२ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६७९ जनाको मृत्यु भएको छ । ४५ लाख २३ हजार ३५१ जना संक्रमित भएकोमा ३३ लाख ५७ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४८ हजार ३२७ जनाको मृत्यु भएको छ । ४२ लाख ८५ हजार ५९४ जना संक्रमित भएकोमा २९ लाख १७ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ६७१ जनाको ज्यान गएको छ भने ९ लाख ७२ हजार २८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ३२ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २४६ जनाको मृत्यु भएको छ । २० हजार १०७ जना संक्रमित भएकोमा १२ हजार २७६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने २० हजार ७५० जनामा संक्रमण देखिएकोमा ५८ जनाको निधन भैसकेको छ । १४ हजार ९६१ जना भने उपचारपछि निको भएका छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)