हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

वीरगञ्जज महानगरपालिकाले क्रिकेटर आसीफ र आरीफलाइ माेटरसाइकल दिने

वीरगञ्ज, चैत । वीरगन्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।

Advertisement

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशकाे शिर उचाेँ राखेकाे भन्दै बिरगञ्जका क्रिकेट आसीफ शेष र आरीफ शेषलाई महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । बिरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् ।

Advertisement

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने उनले जनाएका छन् ।

महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्‍याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)