हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

श्रीलंकामा इन्धन सकियो, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ । ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भन्नुभयो।

Advertisement

अभावका लागि उनले उपभोक्तसँग माफीसमेत मागे । ‘मानिसहरुमा पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दर्छो’, उनले अगाडि भने । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ । इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयतका लागिसमेत रकम तिर्न सकेको छैन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)