श्रीलंकामा आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिले गृहयुद्ध हुने सम्भावना बढेको छ। सोमबार विपक्षी दलको दबाबमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए । उनको राजीनामाबाट असन्तुष्ट समर्थकहरूले राजधानी कोलम्बोमा हिंसात्मक घटनाहरू गरेका हुन् । त्यसपछि उनका विपक्षीहरु पनि आक्रोशित भए ।

जब राजापाक्षेका समर्थकहरूले कोलम्बो छोड्ने प्रयास गरे। उनीहरुको सवारी साधनलाई विभिन्न स्थानमा निशाना बनाइएको थियो । अर्कोतर्फ, प्रदर्शनकारीले हम्बनटोटामा महिन्दा राजापाक्षेको पुर्खाको घरमा आगजनी गरेका छन् । यसै क्रममा राजधानी कोलम्बोमा पूर्वमन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फालिएको थियो ।

हालसम्म १२ जनाभन्दा बढी मन्त्रीको घर जलाइएको छ । प्रदर्शनकारीहरूले पूर्वमन्त्री जोन्सन फर्नान्डोलाई उनको कारसहित कोलम्बोको बेइरा तालमा फालेका थिए। श्रीलंकाका सांसद जनक बन्दारा तेनाकुनको डम्बुलास्थित घरमा आगजनी भएको छ । श्रीलंका बार एसोसिएसनले मानिसहरूलाई घरबाहिर ननिस्कन अपिल गरेको छ। प्रदर्शनकारीले पूर्वमन्त्री रोहिता अबेगुनावर्द्धनेको घरमा आक्रमण गरेका थिए । हिंसात्मक प्रदर्शनका बीच सोमबार देशभर कर्फ्यू लगाइएको थियो।

प्रधानमन्त्री निवासमा गोली चल्यो :-

समाचार एजेन्सी एएफपीका अनुसार सोमबार हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर यहाँ पार्क गरिएको ट्रकमा आगजनी गरेका थिए। त्यसपछि निवासभित्र पनि गोली चलाइएको थियो । आन्दोलित भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार