हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

श्रीलंका : राष्ट्रपति राजपक्षेको शयनकक्षमा प्रदर्शनकारीको मस्ती

आर्थिक संकटपछि श्रीलंकामा मच्चिएको आन्दोलनले उग्र रुप लिँदा त्यहाँका राष्ट्रपति गोटवाया राजपक्षेको निवास प्रदर्शनकारीले कब्जामा लिइसकेका छन्। गत मार्चको १५ बाट चर्किएको आन्दोलनको ११६ औं दिनमा त्यहाँका जनताले प्रधानमन्त्रीको निजी निवासमा पनि शनिवार आगो लगाएको छ। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्।

Advertisement

प्रधानमन्त्री रानिल विक्रमसिंघे राजीनामा दिन तयार भइसकेका छन्। राष्ट्रपति राजापक्षले पनि यही बुधवार राजीनामा दिने बताएका छन्। तर राजापक्षे कहाँ भागे भन्ने कुरा अझै पत्ता लागेको छैन। यो भन्दा अगाडि प्रदर्शनकै कारण गोटबायाका दाइ महिन्द्रा राजपक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू भवनभित्र घुमिरहेका र राष्ट्रपतिको पौडी पोखरीमा प्रदर्शनकारीहरू पौडी खेलिरहेको देखिन्छ।

Advertisement

कतिपय प्रदर्शनकारीहरूले दराजसमेत फुटाएर राष्ट्रपतिका कतिपय सामानहरू लिए भने राष्ट्रपतिले प्रयोग गर्ने विलासी स्नान गृह लगायतका सामानहरू प्रयोगको मजा समेत लिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)