हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संखुवासभाका राईको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो।

Advertisement

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो।

Advertisement

तीन दिनअघि राईको मृत्यु भए पनि अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । पारिवारिक स्रोत लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो । राईको परिवार आइसोलेसनमा रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)