हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष नेकपाले जित्यो

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका तेजबहादुर पोखरेल निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विमन पराजुलीलाई हराउँदै आठ सय दुई मत अन्तरले पोखरेल निर्वाचित हुनुभएको हो ।

Advertisement

पोखरेलले तीन हजार १८ मत प्राप्त गर्नुभएको छ भने पराजुलीले दुई हजार दुई सय १६ मत प्राप्त गर्नुभएको हो । समाजवादी पार्टी नेपालका उमेद्वार नुर्वु शेर्पाले ३ सय ३२ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका उमेद्वार मानबहादुर विश्वकर्माले २७ मत ल्याएनुभएको हो ।

Advertisement

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका रमेश राईले २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार मेघनाथ राईले २७ र संघिय लोकतान्त्रिक मञ्चको उमेद्वार कविता राईले १३ मत प्राप्त गर्नुभएको हो ।

९ हजार १ मतदाता रहेको मकालु गाउँपालिकामा पाँच हजार सात सय ७४ मत खसेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)