समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

सञ्चारकर्मीमाथि गरिएको अशोभनीय टिप्पणीप्रति प्रेस क्लब भद्रपुरको आपत्ति

भद्रपुर, झापा । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह (भद्रपुर–९) को आसन्न निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालमा गरिएको एक टिप्पणीका कारण विवाद उत्पन्न भएको छ।

सोही निर्वाचनमा अध्यक्ष पदका एक उम्मेदवार हीरा पोखरेलले पत्रकार द्रोण अधिकारीद्वारा लेखिएको समाचारमाथि फेसबुकमा प्रतिक्रिया दिएका थिए। उक्त पोस्टमा प्रतिक्रिया दिँदै भद्रपुर–४ निवासी हेमलाल भट्टराईले सञ्चारकर्मीहरूलाई लाञ्छित गर्ने गरी अशोभनीय टिप्पणी गरेको भन्दै प्रेस क्लब भद्रपुरले गम्भीर आपत्ति जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

क्लबले सोमबार जारी गरेको विज्ञप्तिमा भट्टराईको अभद्र टिप्पणीको घोर निन्दा र भर्त्सना गर्दै सो आरोप प्रमाणित गर्न चुनौती दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यदि आरोप प्रमाणित गर्न नसकिएमा निजले सार्वजनिक रुपमा क्षमायाचना नगरे विधिसम्मत् उपचार खोजिनेछ।”

प्रेस क्लब भद्रपुरले असहमति वा असन्तुष्टि व्यक्त गर्ने स्वतन्त्र अधिकार सबैलाई भए पनि सञ्चारकर्मी र पत्रकारिता पेशामाथि आक्षेप लगाउने गैरजिम्मेवार अभिव्यक्ति स्वीकार्य नहुने जनाएको छ।

क्बका अध्यक्ष राजबाबु शंकर र महासचिव डिल्लीरमण नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भट्टराईलाई आगामी दिनमा यस्ता टिप्पणी नगर्न चेतावनी दिइएको छ। साथै, भविष्यमा सञ्चारकर्मीहरूको मानमर्दन गर्ने जोसुकै विरुद्ध पनि कानूनी कारबाहीको माग गरिने चेतावनी प्रेस क्लबले दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)