सत्तारुढ गठवन्धन दलको बैठक केहि अगाडी मात्र सुरु भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । आजको बैठकमा सरकार सञ्चालन सहज बनाउन समन्वय समिति बनाइने विषयमा छलफल हुने भएको छ ।साथै बैठकमा अदालतमा देखिएको वर्तमान अवस्थाको विषयमा समेत छलफल हुने बताइएको छ । बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा र जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
