काठमाण्डू : सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारका प्रवक्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने संकेत गरेका छन्।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जेन-जीको मागअनुसार सामाजिक सञ्जाल खोलिने बताएका छन्। उनले भने, “सामाजिक सञ्जाल छिट्टै खुल्छन्। सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ।”

स्मरणीय छ कि सूचीकरणमा नआएको भन्दै सरकारले बिहीबार रातिदेखि फेसबुक, एक्स लगायत दुई दर्जन बढी सामाजिक सञ्जाल बन्द गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार