हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

‘सरकारको दुई तिहाईको दम्भ समाप्त भयो’

काठमाडौँ। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्भ समाप्त भएको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारस्थित दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

Advertisement

उनले भने, ‘सरकारको दुईतिहाईको दम्भ आजबाट अन्त्य भयो। कम्युनिष्टबाहेक अरू पनि छन् भन्ने पनि अन्त्य भयो।’ यादवले समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने पनि बताए।

Advertisement

संविधान संशोधनको विषयमा हस्ताक्षर गरेर पनि प्रधानमन्त्री केपी ओलीले धोका दिएको यादवको आरोप छ। मंगलबार मात्रै सरकारबाट समाजवादी पार्टीले समर्थन फिर्ता लिदैँ मन्त्री पदबाटसमेत राजीनामा बुझाएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)