समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौँ, १ चैत । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिबाट मनोनित गर्न सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई रिक्त सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

विज्ञापन (Advertisement)Advertisement

राष्ट्रियसभा सदस्यमा हाल १९ सिट रिक्त थिए। यसअघि भएको निर्वाचनमा १८ सिट भइसकेको छ।
नेपाली कांग्रेस: ९ जना
नेकपा (एमाले): ८ जना
जनता समाजवादी पार्टी: १ जना
राष्ट्रिय सभामा सरकारको सिफारिस अनुसार नियुक्त हुने बाँकी एक सदस्यको पद अझै खाली छ।
बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।


विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)