हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारले सार्वजनिक गर्‍यो कालापानी लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा

हल्दिवारी । सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा सार्वजनिक गरेको छ ।
सोमबार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सालाई आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेकी हुन् ।
सो नक्सा पारित भएपछि भारत निकै रिसाएको छ ।प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुने प्रतिवद्धता जनाएका थिए ।
नयाँ नक्सासँगै नेपालको क्षेत्रफल एक लाख ४७ हजार ५ सय ५७ वर्ष किलोमिटर कायम हुने भएको छ । यसअद्धि नृपालको क्षेत्रफल १ लाख ४७ हजार एक सय ८१ वर्ष किलोमिटर भन्ने गरिएको थियो 
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)