समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

सवारी दुर्घटनामा घाइते महिलाको उपचारका क्रममा मृत्यु

झापा । झापाको मेचीनगरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मेचीनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा मे ९ प ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन्। टाउको र शरीरमा गम्भीर चोट लागेकी भण्डारीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो।
घटनाको तीन दिनपछि, मिति २०८२ माघ १४ गते बिहान १०:१५ बजे उपचारकै क्रममा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका–६ निवासी ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)