हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

साउदीबाट नेपाल आउन कतार वा टर्की ट्रान्जिट

काठमाडौं । कतार वा टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट नेपाल आउन सकिने भएको छ । नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ ।

Advertisement

योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर नेपाल फर्किन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

Advertisement

साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभैसकेको भए पनि नेपाल जान चाहनेले यी देशलाई ट्रान्जिट बनाएर जानसक्ने दूतावासको भनाइ छ ।

दूतावासका अनुसार कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समध्ये आफूलाई सहज हुने फ्लाइटमार्फत नेपाल जान सकिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)