हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

साउदी अरबमा कोरोना संक्रमित नेपालीको संख्या १३ सय ६४ पुग्यो, ७ जनाको मृत्यु

काठमाडौँ , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा फैलिएको छ ।  यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

Advertisement

हालसम्म साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीको संख्या १ हजार ३ सय ६४ पुगेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस्तै कोरोनाको संक्रमणबाट हालसम्म साउदीमा ७ जना नेपालीको मृत्यु भइसकेको छ ।

Advertisement

साउदीमा कोरोना संक्रमित भएका १७ जना नेपाली महिला रहेको जनाइएको छ । साउदीमा हालसम्म कोरोनाबाट ६५ हजार ७७ संक्रमित भएका छन् भने ३ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)