हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिमा क्षेत्रमा प्रहरीको नजर खैनीमा, तीन दिनमा १६५ बोरा खैनी बरामद

polis

देवेन्द्रकिशोर ढुंगाना झापा । सुनसरी प्रहरीले नेपाल भारत सिमाक्षेत्रमा एक हप्तादेखि निगरानी बढाएसँगै दैनिक ठुलो परिमाणमा खैनी बरामद गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय भारतीय बजारबाट तस्करहरुले तयारी र खुल्ला सुर्ती सुनसरीको बजारमा भित्रयाउने क्रम बढ्दै गएको पाईन्छ ।

Advertisement

सुनसरीको सिमाक्षेत्रमा सिल गरी आवतजावतमा रोक लगाईए पनि अवैध रुपमा भारतीय बजारबाट लुकिछिपी विभिन्न मालसामान सुनसरीमा आउने र सुनसरीबाट भारततर्फ समेत मालसामान चोरी तस्करी गरी ओसार पसार गर्ने कार्य जारी रहदै आएको छ ।

Advertisement

वर्षौदेखि निर्वाध रुपमा सिमाक्षेत्रमा परिचालित सुरक्षाकर्मीहरुको मिलोमतोमा चोरी तस्करीबाट दैनिक लाखौ मुल्यको भन्सार छली गरी अवैध रुपमा ओसारपसार हँुदै आएको भारतमा उत्पादन भएको खैनी एक सातादेखि सुनसरी प्रहरीको नजरमा परेको छ सुनसरीको बजारमा विभिन्न व्राण्डका खैनीको कारोवार गर्दै आएका तस्करहरुले भित्रयाएको खैनी बर्जु गाँउपालिका, हरिनगर गाँउपालिका, देवानगञ्ज गाँउपालिका र कोशी गाँउपालिका स्थित सिमाक्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले सुराकीको आधारमा नियन्त्रणमा लिन थालेको हो शुक्रवार प्रहरीले कोशी गाँउपालिका ८ बाट ६० हजार मुल्य बराबरको १२ बोरा खैनीसहित ४५ हजार मुल्यको उमड्ड नाम गरेको रक्सी नियन्त्रणमा लिएको छ ।

प्रहरीले खैनी भारतबाट सुनसरी ल्याउने र सुनसरीबाट रक्सी भारत लैजाने कार्यमा सग्लन रहेको भाण्टावारीका गोपाल नायकलाई समेत पक्राउ गरी कानुनी कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ । हरिनगर गाँउपालिकाको रामनगर भुटाहा र घुस्की क्षेत्रबाट भन्सार छली गरी अवैध रुपमा ल्याएको ३ लाख ५० हजार मुल्य बराबरको ७० बोरा खैनी बिहीवार बरामद गरेको थियोे ।

बर्जु गाँउपालिका ५ बाट भन्सार छली चोरी तस्करी गरेर भण्डारण गरी राखेको अवश्थामा प्रहरीले चार लाख मुल्य बराबरको तयारी अवश्थाको खैनी ५८ बोरा, खुल्ला खैनी २२ बोरा गरि ८० बोरा सुर्ती बरामद गरेको थियो ।,

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)