हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सुडानमा सेनाको गोली लागेर कम्तीमा सात प्रदर्शनकारीको मृत्यु

सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको मृत्यु भएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १४० जना घाइते भएका छन् ।

Advertisement

सत्ता कब्जाको विरोधमा प्रदर्शन गरेकाहरुको भीडमा सैनिकले गोली प्रहार गरेका हुन् । सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो ।

Advertisement

राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले सोमबार सुडानमा आपतकालीन अवस्था घोषित गरेको छ ।राजधानीमा सैनिकहरु सर्वसाधारणका घरघरमा गएर विरोध प्रदर्शन आयोजना गर्नेहरुलाई पक्राउ गरिरहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)