हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

सुरुङ्गामा ग्यास लिक भएर आ*ग*ला*गी, ८१ वर्षीया वृद्धा ग*म्भी*र घा*इ*ते

झापा, २०८२ साउन २२ गते  । झापा जिल्ला कन्काई नगरपालिका वडा नम्बर ३, सुरुङ्गास्थित आज बिहान करिब ०७:१५ बजे ध्रुव श्रेष्ठको तीन तल्ले पक्की घरको दोस्रो तल्लामा डेरा गरी बस्ने ८१ वर्षीया बाटुली माया दाहाल ग्यास लिक भएर भएको आगलागीमा गम्भीर घाइते भएकी छन्।

Advertisement

स्थानीयका अनुसार एक्लै बस्दै आएकी दाहालले खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएको थियो। लिक भएको ग्यास एक्कासी आगोमा परिणत हुँदा कोठामा आगलागी भयो, जसमा वृद्धाको शरीरका विभिन्न भाग जलेको जनाइएको छ। तत्कालै उनलाई नजिकैको कनकाई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो भने अवस्था गम्भीर भएपछि थप उपचारका लागि BMC बिर्तामोड पठाइएको हो।

Advertisement

घटना लगत्तै स्थानीयबासी र दमकल टोलीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। बिहान ०७:३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ। आगलागीका कारण उक्त कोठा पूर्ण रूपमा क्षति भएको छ भने क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रहरी र स्थानीय प्रशासनले घटनाको थप विवरण संकलन गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)