हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

सुरेश्वर स्वर्गद्वारीमा लगाइएको पुराणकाे आम्दानी-खर्च आज सार्वजनिक, २ लाख ३७ हजार आम्दानी

हल्दिवारी- झापा । हल्दीवारी गाउँपालिका – ३ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा लगाइएको धार्मिक अनुष्ठान श्रीमद् मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञको आम्दानी खर्च आज सार्वजनिक गरिएको छ ।

Advertisement

Advertisement

महायज्ञमा विभिन्न दाता एवं भक्तहरुबाट जिन्सी तथा नगदसहित ५ लाख ९४ हजार ४ सय ४ रुपैया सहयोग प्राप्त भएको सार्वजनिक कार्यक्रममा मन्दिर तथा पुराण आयोजक समितिका अध्यक्ष गोविन्द बोहराले जानकारी दिनु भएको हो ।

श्रीमद् मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञमा कुल खर्च ३ लाख ५६ हजार ७ सय ८५ रुपैया भएको छ भने कुल आम्दानी २ लाख ३७ हजार ६ सय १९ रुपैया भएको सार्वजनिक कार्यक्रममा जानकारी दिइएको छ ।

श्रीमद् मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष गोविन्द बोहराको अध्यक्षता एवं रणकाली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर सावाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुराणको आम्दानी खर्च सार्वजनिक गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सावाँ , अध्यक्ष बोहरा , स्थानीय समाजसेवी बिनोद भण्डारी ,गणेश गिरी ,लालबहादुर कन्दन्वा र डिल्ली राम उप्रेतीलगायतले धार्मिक तथा पर्यटकीय क्षेत्र सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरको भावी योजना तथा पुराणबाट प्राप्त आम्दानी खर्च र सहयोगी मनहरुलाई धन्यवाद दिदै आ- आफ्नो बिचार राख्नु भएको थियोे ।

पुराण आयोजक समितिका उपसभापति सालिकराम कार्कीले स्वागत गर्नु भएको सार्वजनिक कार्यक्रमको संचालन सचीव तारा बहादुर बोहराले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)