हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सोमबारका दिन भगवान् शिवलाई सम्झेर गर्नुहोस् यी काम, तपाईको मनोकाक्षा पूरा हुनेछ

काठमाडौँ । हरेक मानिसका चाहना हुन्छ आफ्नो परिवारलाई सुखी र खुसी राख्ने । आफ्नो सन्तानको खुसीको लागि गरेको ठुलो कष्ट परिश्रम कतिको सफल हुन्छ भने कतिको चाहना अपुरै हुने गर्छ । धेरै परिश्रमबाट पनि पटक – पटक असफल हुने हुँदा धेरै चिन्तित हुने गर्छन् । उनीहरु आफुले दुखले कमाएको सम्पति जोड्न नसक्दा निकै चिन्तित हुने गरेका छन् । हामी ज्योतिष शास्त्रलाई विश्वास गर्ने मान्छे भएकाले हरेका कार्य गर्नुपुर्व ज्योतिषहरुसँग सल्लाह लिनु जरुरी रहेको हुन्छ ।

Advertisement

हरेक मानिसले आफ्नो जिवनलाई सफल बनाउनको लागि शास्त्रीय नियमहरु मान्नु पर्ने हुन्छ । आज हामी तपाईलाई ज्योतिष शास्त्रले बताएअनुसार धन नोक्सान हुन बाट बचाउने केही उपायहरु बताउँन गइरहेको छौँ । जसको पालना गर्नाले तपाईले आर्जन गर्नु भएको सम्पति सजिलै र सुरक्षित साथ बचत गर्न सक्नुहुने छ । जसले तपाइलाई बिशेष लाभ पुर्याउने छ ।

Advertisement

यदि तपाई यस्तो समस्यामा हुनुहुन्छ भने तपाईले आफ्नो विस्तारा नजिकै एक लोटा दूध भरेर राखी बिहान उठ्ने बितिकै बरको फेदमा चढाउँनुस् यसो गरेमा तपाईले धन नोक्सान हुने समस्याबाट बच्न सक्नुहुनेछ । तपाईलाई अधिक धन कमाउन सक्ने अवसर मिल्नेछ ।

ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्या बाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।

शुक्रबारको दिन माता लक्ष्मीको पूजा गरि ॐ श्रीं नमःमन्त्र १०८ पटक जप गरेमा लक्ष्मी प्रशन्न हुने र धन लाभ हुने बताइएको छ । मंगलबारको दिन गणेशको पूजा गरि श्री गणेशाय नमः १०८ पटक जप गरि विधीपूर्वक गणेशको पूजा गरेमा सजिलै धन सञ्चय गर्न सकिने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)