हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

स्थानिय युवाहरू र जनप्रतिनिधिहरूको सक्रियतामा हल्दिबारी २ मा सरसफाइ अभियान

हल्दिबारी, २०८२ साउन १० गते । आज हल्दिबारी गाउँपालिका वडा नम्बर २ अन्तर्गत पाराखोपी बजारदेखि देउनिया खोलासम्म सडक छेउछाउमा रहेको झारपात तथा बोटबिरुवाहरूको सरसफाइ गर्ने कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ। सरसफाइ कार्यक्रम वडा नम्बर २ को आयोजनामा र स्थानिय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

Advertisement

उक्त कार्यक्रममा वडा सदस्यहरू विष्णु राई, रचना कुलुङ्ग, अम्विका तोलाङ्गी, गणेश मगर, हल्दिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसी ओली, समाजसेवीहरू कुमार कार्की, कुमार भण्डारी, संजिब पौडेल तथा स्थानियवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रम देउनिया खोलादेखि पाराखोपी बजारसम्म केन्द्रित रहेको थियो भने सहभागीहरूले फोहोर व्यवस्थापन, झारपातको सफाइ, र सडक छेउछाउको सरसफाइमा जुटेका थिए।

वडा सदस्य विष्णु राईका अनुसार, यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आउँदो शनिबार पाराखोपी बजारदेखि वडा नं. २ को कार्यालयसम्म थप सरसफाइ अभियान सञ्चालन गरिने जानकारी दिइएको छ।

स्थानिय युवाहरूको सक्रियता र जनप्रतिनिधिहरूको सहकार्यमा सम्पन्न यो अभियानले सामुदायिक सरसफाइप्रति जनचेतना फैलाउने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)