हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्याङ्जा-२ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा-२ बाट नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी नेकपा (एमाले) उम्मेदवार पद्मा अर्याललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। गुरुङले ३१ हजार ४६६ मत पाए भने अर्यालले २५ हजार ८३९ मत पाइन्। २०७४ सालको निर्वाचनमा अर्याल निर्वाचित भएकी थिइन्। उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्।

Advertisement

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकबहादुर गुरुङले आठ हजार ११३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले ८८४, मंगोल नेशलन अर्गनाइजेशनका चोकबहादुर गुरुङले ६५४, राष्ट्रिय जनमुक्ति पार्टीका रिमीसरा गाहा रानाले ३३५, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकीले १५४ र स्वतन्त्र उम्मेदवार सागर ढकालले १२९ मत पाएका छन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)