हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्ववियु निर्वाचन नहुनुमा त्रिविका पदाधिकारीहरुको असक्षमता : रञ्जित तामाङ

काठमाडौँ। अनेरास्ववियूका सह संयोजक रञ्जित तामाङले स्ववियु निर्वाचन तोकिएको समयमा नहुनुमा त्रिविका पदाधिकारीहरुको असक्षमता भएको टिप्पणी गरेका छन्।

Advertisement

त्रिविले यहि फागुन १४ गते स्ववियू निर्वाचन गर्ने भएर तयारी थालेको थियो। रेक्टर नियुक्तिको विषयलाई लिएर त्रिविले उक्त मितिमा निर्वाचन गर्न नसकेको बझिएको छ।

Advertisement

स्ववियु निर्वाचन समयमै नहुने पक्का भएपछि सहसंयोजक तामाङले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वतन्त्र बिध्यार्थी युनियन को निर्वाचन अनिश्चितकालका लागि स्थगित गर्नु विश्वविद्यालय पदाधिकारीको असक्षमता हो। बिध्यार्थीहरुको एकमात्र निर्वाचित संस्था लामो समय देखी नेतृत्व बिहिन हुँदा विश्वविद्यालय प्रसासन जिम्मेवार बनेर निर्वाचनको वातावरण बनाउन लाग्नुको सट्टा जिम्मेवारीबाट पन्छिएर भाग्नु गलत छ।’

उनले अगाडि लेखेका छन्, ‘विश्वविद्यालयले लोकतान्त्रिक प्रतिशपर्धा, शिक्षा,स्वास्थ्य, रोजगार, राष्ट्रियता,महंगी, भ्रष्ट्राचार, बिज्ञान(प्रबिधिका बिषयमा युवाहरुलाई स्वस्थ्य बहसको वातावरण बनाउन जरुरि थियो, जुन कुरा विश्वविद्यालयले कहिल्यै सोचेन,केवल आफ्नो कार्यकाल कसरि बिताउने भन्नेबारे मात्र सोच्यो। खुला प्रतिशपर्धाबाट पदाधिकारी नियुक्ति नहुनुको बिडम्बना। राजनीतिक नियुक्तिको नियति।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)