हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दिबारीमा जंगली हात्तीको आक्रमण, घर र अन्न भण्डारमा ठूलो क्षति

हल्दिबारी । झापा हल्दिबारी गाउँपालिका–३ मा गएराति जंगली हात्तीको आक्रमणले घर र अन्न भण्डारमा क्षति पुगेको छ।

Advertisement

स्थानीयका अनुसार राति करिब २ बजे दुईवटा जंगली हात्तीले शान्तिदेवी मेचेको घरमा आक्रमण गर्दै भान्सा घर र भकारीमा रहेको अन्न भण्डारणमा क्षेति पुगेको हुन्। हात्तीले भकारीमा रहेको धान नष्ट गर्नुका साथै पर्खाल भत्काएर करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ।

Advertisement

घटनापछि हात्तीहरू राति नै जंगलतर्फ फर्किएका छन्। स्थानीयहरूले बताएअनुसार, झापामा जंगली हात्तीको आक्रमणले पटक–पटक मानव बस्तीमा भौतिक र मानवीय क्षति पुर्याउँदै आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)