हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १२ महिना अगाडि

हल्दिबारीमा नेपाली सेनाको सहकार्यमा विपद् तथा जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

झापा । हल्दिबारी नेपाल सेना अरिदमन गण, चारआलीको प्राविधिक सहयोगमा तथा हल्दिबारी गाउँपालिका वडा नं. ३ को आयोजनामा पञ्चायत माध्यमिक विद्यालयमा एक दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

बुधबार आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई विपद् व्यवस्थापन, विस्फोटक पदार्थको जोखिम, र सर्पदंशबाट बच्ने उपाय सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। सेनाका विशेषज्ञ टोलीले प्रस्तुति, अभ्यास र ड्रेमोमार्फत यस्ता जोखिमहरूको पहिचान, सजगता र तत्कालीन उपायबारे जानकारी दिएका थिए।

Advertisement

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बिष्णु प्रसाद ओली, वडा सदस्य अजित कुमार बिष्ट,कर्ण भण्डारी महिला सदस्य बिष्णु माया तिम्सिना, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक–अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा वडाध्यक्ष ओलीले नेपाली सेनाको नागरिक–मैत्री कार्यको प्रशंसा गर्दै भने, “सेनाले विपद्को संवेदनशील घडीमा मात्र होइन, सामान्य अवस्थामा पनि समुदायमा सचेतना फैलाउन गरेको प्रयास प्रशंसनीय छ।”

विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेलले विद्यालयलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गरिएको प्रति आभार व्यक्त गर्दै, “सुरक्षाबारेको यस्तो शिक्षाले विद्यार्थीलाई दीर्घकालीन प्रभाव पार्नेछ,” भन्दै नेपाली सेना र वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा सहभागी सबैले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए। सचेतना कार्यक्रमले समुदायमा विपद् र जोखिमप्रति सजगता फैलाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)