हल्दिबारी । पञ्चायत माध्यमिक विद्यालय, हल्दिबारीमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी मनोसामाजिक परामर्श तथा वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा विद्यालयको सभाहलमा एकदिने कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम हल्दिबारी गाउँपालिका–३ का वडा अध्यक्ष विष्णु प्रसाद ओलीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीलाई मानसिक स्वास्थ्यको अवस्था, वैदेशिक रोजगारीका सम्भावना, रोजगारीसँग सम्बन्धित जोखिम तथा चुनौती र सुरक्षित वैदेशिक रोजगारीका उपायबारे जानकारी गराइएको थियो।
रोजगार सेवा केन्द्र, हल्दिबारीकी प्रमुख सपना न्यौपानेले वैदेशिक रोजगारीका क्रममा देखिने समस्या, ती समस्याबाट जोगिने उपाय तथा वैदेशिक रोजगार बोर्डमार्फत प्रदान गरिने राहत र आर्थिक सहयोगबारे जानकारी गराउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक बहादुर लिङ्देन र वडा अध्यक्ष ओलीले विद्यार्थीको मानसिक स्वास्थ्य र भविष्यका निर्णयसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता कार्यक्रम विद्यालयस्तरमै आवश्यक रहेको धारणा राख्नुभयो। साथै विद्यालयका लेखापाल अभिषेक खतिवडाले कार्यक्रम विद्यार्थीका लागि महत्वपूर्ण अवसर भएको बताउँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा सबिना सेलवालले विद्यार्थीलाई मनोसामाजिक परामर्श प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण रोजगार सेवा केन्द्रका रोजगार सहायक मिलन विश्वकर्माले गर्नुभएको थियो।
आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीलाई मानसिक स्वास्थ्यप्रति सचेत गराउनुका साथै वैदेशिक रोजगारीसम्बन्धी आवश्यक सूचना प्रदान गर्न सहयोग पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार