हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दिबारी–२ मा तेस्रो हप्ताको सरसफाइ अभियान सम्पन्न

हल्दिबारी । हल्दिबारी गाउँपालिका–२ अन्तर्गत भजन चोकदेखि भुतेनीसम्म र गोरे चोकदेखि उत्तर पाराखोपी पूर्व दाहाल चोकसम्म आज तेस्रो हप्ताको सरसफाइ अभियान सफलता पूर्वक सम्पन्न भएको छ।

Advertisement

हल्दिबारी वडा नं. २ र स्थानीय युवाहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा क्षेत्रको फोहोर व्यवस्थापन, झारपात सफाइ तथा सडक छेउछाउको सरसफाइ र झार मार्ने दवाइ छर्कनमा महत्त्वपूर्ण योगदान पुर्‍याइएको हो।

Advertisement

कार्यक्रममा हल्दिबारी गाउँपालिका वडा २ का कार्यवाहक अध्यक्ष रचना कुलुङ्ग, वडा सदस्यहरू विष्णु राई, अम्विका तोलाङ्गी, गणेश मगर, उद्योग वाणिज्य संघ हल्दिबारीका सदस्य कुमार कार्की, भेलागढी सामुदायिक वन उपभोक्ता समूहका सचिव खकेन राजवंशी, किरात राई यायोक्खा हल्दिबारीका सदस्यहरू रत्नकुमार राइ, संजिव राइ, हल्दिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसी ओली, युवा व्यवसायी एवं समाजसेवीहरू संजिव पौडेल, कुमार भण्डारी र भेषराज भण्डारी लगायत उल्लेख्य संख्यामा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

अभियान विशेष रूपमा भजन चोकदेखि भुतेनीसम्म र गोरे चोकदेखि उत्तर पाराखोपी पूर्व दाहाल चोकसम्म केन्द्रित रह्यो। सहभागीहरूले सडक छेउछाउको फोहोर, झारपात तथा बोटबिरुवाहरूको व्यवस्थापन गर्दै झार मार्ने दवाइ छर्केका थिए।

वडा सदस्य विष्णु राईका अनुसार, सरसफाइ अभियानलाई निरन्तरता दिँदै आउँदो शनिबार सिग्मा अंग्रेजी विद्यालयदेखि दक्षिण लक्ष्मी स्कुलसम्म र पाराखोपी बजार उत्तर बिर्तामोडको सिमानासम्म सफाइ कार्य अगाडि बढाइनेछ। अभियानमा खाजा प्रदीप गुरुङले उपलब्ध गराएका थिए भने झार मार्ने दवाइ पाराखोपी साना किसान चिया सहकारी संस्थाले उपलब्ध गराएको थियो।

जनप्रतिनिधिहरूको सहकार्य र स्थानीय युवाहरूको अग्रसरतामा अगाडि बढाइएको यस अभियानले समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ। स्थानीय तहको यस्ता पहलले दीर्घकालीन रूपमा स्वच्छ र सुन्दर वातावरण निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)