हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी-२ मा रहेकाे श्री नवदुर्गा मन्दिरमा श्रीमद्देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ हुने

जनक राजवंशी, ४ चैत्र । हल्दिबारी गाउँपालिका २, पाराखाेपी स्थित श्री नवदुर्गा मन्दिरमा श्रीमद्देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही चैत्र ८ गते बाट १७ गते सम्म आयोजना हुन लागेको मन्दिर ब्यवस्थापन समितिका सचिव टिका प्रसाद दाहालले बताउनु भयाे ।

Advertisement

Advertisement

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होओस् भन्ने उदेश्यले महापुराणको आयोजना गर्न लागिएको बताइएको छ ।

चैत्र ८ गतेबाट सुरु हुने पुराणको समुद्घाटन कलश शाेभा यात्रामा महिलाहरुकाे समुह द्वारा नाैं मती बाजा बजाएर गर्नेभएका छन् । महायज्ञमा पं. श्री ऋषी नेपालको मुखारविन्दबाट प्रवचन साथै पं. श्री राेिहत ढुङ्गानाबाट पाठ पारायण एवं बरिष्ट भजन गायक श्री छवी गाैतमबाट संगितमय भजन किर्तन हुने मंदिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार भण्डारी (क्षाेत्री)ले बताउनु भएकाे छ ।

चैत्र ८ गते शोभा कलश यात्रा ,मण्डव पुजन,पाठ परायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उदघाटनको कार्यक्रम राखिएको छ र साेही दिन भरत अधिकारी द्धारा प्रदान गरिएकाे १०३ केजीकाे घण्टी अनावरणा कार्यक्रम रहेकाे छ र पुराण अवधि भित्रमा गणेशकाे मुर्ती प्राण प्रतिष्ठा गर्ने कार्यक्रम गरिने ५ । चैत्र ८ गते देखि १७ गते सम्म कथा प्रवचनको आयोजना गरिने बताइएको छ । पुराण आयोजना साथै सो बिषयमा बिभिन्न माध्यमबाट भक्तजनसम्म जानकारी पुराउने उदेश्यले प्रचार प्रसारका लागि बिशेष ध्यान दिने मंदिर ब्यवस्थापन समितिका सचिव टिका प्रसाद दाहालले बताउनु भएकाे छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)