हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी ३ मा माओवादी केन्द्रको वडा कमिटी पुर्नगठन

झापाको हल्दिबारी ३ मा नेकपा (माओवादी केन्द्र) को वडा कमिटीको पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

क. डिकविर कुलुङ राईको अध्यक्षतामा ९ सदस्यीय नेकपा (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका ३ नंं. वडा कमिटी गठन गरिएको हो । माओवादी केन्द्रद्घारा देशव्यापी रुपमा संचालन गरिएको जनतासँग माओवादी विशेष रुपान्तरण ३ महिने अभियान अन्तर्गत हल्दिबारी ३ मा वडा कमिटी पुनर्गठन गरिएको हो ।

Advertisement

कार्यक्रममा नेकपा (माओवादी केन्द्र्र) का पोलिटव्यूरो सदस्य सावित्री कुमार काफ्ले (समर) को प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रिय सदस्य तथा हल्दिबारी कमाण्ड ईन्चार्ज ममता ताजपुरियाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन हल्दिबारी गाउँकमिटी सचिव जित बहादुर राजवंशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य गाउँ कमिटी उपाध्यक्ष टिकादेवी राउतले गर्नुभएको थियो ।

 

त्यसैगरी भेलाले क. सितल किस्कुको अध्यक्षता ९ सदस्यीय मजदुर संगठन निर्माण गरेको छ भने क. रञ्जना मिश्रको अध्यक्षता ७ सदस्यीय अखिल नेपाल महिला संगठन गठन गरेको छ ।

त्यसैगरी क. धिरेन गिरीको अध्यक्षता ७ सदस्यीय अखिल क्रान्तिकारी ३ नं. वडा कमिटी गठन गरिएको हल्दिबारी कमाण्ड ईन्चार्ज ममता ताजपुरियाले बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)